जेठ ०१, २०८१, मंगलबार
               

अमेरिकामा शक्तिशाली साइबर हमला हुँदा दुई सय व्यवसाय प्रभावित

नेपाल फ्ल्यास
असार १९, २०७८

ADVERTISEMENT

एजेन्सी । अमेरिकामा शक्तिशाली साइबर हमला हुँदा झण्डै दुई सय व्यवसाय प्रभावित भएका छन् ।

ह्याकरहरूले फ्लोरिडामा रहेको प्रविधि कम्पनी कसेयालाई निशाना बनाएको अमेरिकी साइबर सुरक्षा कम्पनी हन्ट्रेस ल्याब्सले जनाएको छ । कसेयाले भीएसए नामक आफ्नो प्रविधिमा सम्भावित आक्रमण भएको हुनसक्ने भन्दै त्यसको जाँच भइरहेको जनाएको छ । उसले आफ्ना ग्राहकहरूलाई आफ्ना सर्भर बन्द गर्न पनि आग्रह गरेको छ ।

हन्ट्रेस ल्याबले रुसबाट उत्पत्ति भएको फिरौती उठाउने साइबर हमलाकारीहरूको समूह रिभिलले उक्त आक्रमण गराएको हुनसक्ने आशंका गरेको छ । अमेरिकाको साइबर सेक्युरिटी तथा इन्फ्रास्ट्रक्चर एजेन्सीले एक विज्ञप्तिमा यो प्रकरणको सम्बोधन गर्न कारबाही गरिरहेको जनाएको छ । यसअघि उक्त समूहले मासु प्याकिङ गर्ने प्रणालीलाई ठप्प पारिदिएको आरोप अमेरिकी अनुसन्धान निकाय एफबीआइले लगाएको थियो ।

अमेरिका र रुसले एक अर्काका देशबाट साइबर आक्रमणको उत्पत्ति हुने गरेका आरोप लगाउने गरेका छन् । अहिले आक्रमणमा संलग्न भएको ठानिएको रिभिल विश्वको सबैभन्दा चतुर र नाफा कमाउने साइबर अपराधीहरूको समूह हो । यो समूहले आफ्ना माग पूरा नगर्ने कम्पनीहरूका चोरिएका दस्ताबेज ह्यापी ब्लग भनिने उसको वेबसाइटमा राखिदिने चेतावनी पनि दिने गर्दछ ।


कस्तो लाग्यो ?

यो पनि