चैत १६, २०८०, शुक्रबार
               

मास्क नलगाउँदा अस्ट्रेलियाका उपप्रधानमन्त्रीलाई जरिवाना

नेपाल फ्ल्यास
असार १५, २०७८

ADVERTISEMENT

सिड्नी । अस्ट्रेलियाका नवनियुक्त उपप्रधानमन्त्री बर्नाबी जोसेलाई मास्क नलगाएको भन्दै प्रहरीले जरिवाना गरेको छ ।

सत्ताधारी गठबन्धनको एक घटक नेशनल पार्टीका मुख्यनेता जोसेलाई स्थानीय प्रहरीले  लकडाउनको समयमा न्यु साउथ वेल्स राज्यको उत्तर पश्चिमी आर्मिडेलको पेट्रोल पम्पमा पेट्रोल भरेपछि सर्भिस सेन्टरभित्र मास्क नलगाई बसेको भेटिएका छन् ।

“मास्कविना भेटिएका ती भद्र महाशयले प्रहरीलाई क्षमायाचनासहित विनम्रतापूर्वक सहयोग गरे, उनलाई दुई सय डलरको जरिवाना तोकियो,” स्थानीय प्रहरीले भनेको छ ।

उपप्रधानमन्त्री जोसेले आफू विमानस्थल जान ढिला भएकोले श्रीमतीका लागि गाडीमा तेल हाल्न ओर्लेको र सर्भिस सेन्टरभित्र छिरेको ३० सेकेन्डमा आफू प्रहरी कार्बाहीमा परेको स्वीकार गरेका छन् ।

अस्टेलियामा कोरोना संक्रमण बढ्न थालेपछि न्यु साउथ वेल्स, क्विन्स्ल्याण्ड, पश्चिम अस्ट्रेलिया र नथर्न टेरिटोरीमा प्रतिबन्धहरु लगाइएको छ ।

मास्क सबै सार्वजनिक स्थानहरु तथा यातायातमा अनिवार्य गरिएको छ । सिङ्गो सिड्नी शहर र वरपरको बस्तीका करीब ५० लाख अस्ट्रेलियालीलाई अहिले सरकारले ‘घरै बस्ने’ आदेश जारी गरेको छ ।

प्रहरीले गत शनिबार साँझ ६ बजे यता लकडाउन उल्लंघन गर्ने दर्जनौलाई जरिवाना तोकेको छ । अस्ट्रेलियामा लगाइएका प्रतिबन्ध र नागरिकहरुले पालना गर्नुपर्ने पछिल्ला नियमहरु यो लिङ्कमा गएर हेर्न सकिने छ .


कस्तो लाग्यो ?

यो पनि