बैशाख ०८, २०८१, शनिबार
               

आतंकवादविरुद्ध लड्न विश्वव्यापी सहकार्य आवश्यक: कतार

नेपाल फ्ल्यास
असार १५, २०७८

ADVERTISEMENT

दोहा: कतारले आतंकवादविरुद्ध सधैँ प्रतिबद्ध रहेको जनाएको छ ।

उसले आतंककारी गतिविधिका कारण पीडित भएकाप्रति कतारले सदैव सहानुभूतिको भाव राख्ने र उनीहरूको घाउमा मल्हम लगाउने काममा कतार सरकार सधैँ दृढ रहेको बताएको छ ।

संयुक्त राष्ट्रसंघका प्रमुखहरूको आतंकवादविरुद्ध एकताबद्ध राष्ट्रप्रमुखहरूको दोस्रो सम्मेलनको उद्घाटन सत्रमा उपप्रधान एवं परराष्ट्रमन्त्री शेख मेहम्मद विन अब्दुलरहमान अलथानीले हिजो यस्तो धारणा राखेका हुन् ।

उनले आतंकवाद निर्मूल पार्न अन्तर्राष्ट्रिस्तरकै उच्चस्तरको समन्वय र सहकार्यको आवश्यकता रहेको बताए । उनले विश्वस्तरीय समन्वयमा सहकार्य गर्न कतार प्रतिबद्ध रहेको पनि स्पष्ट पारे । 

उपप्रधानमन्त्री अलथानीले भने, 'आतंकवाद र हिंस्रक उग्रवादका कारण विश्व नै आक्रान्त बन्नुपरेको छ । यसलाई निर्मूल पार्न शिक्षा, स्वास्थ्य, प्रविधिको क्षेत्रमा समान वितरण तथा सबैको पहुँचलाई सुनिश्चितता तथा व्यवस्थित पनि गर्नुपर्ने हुन्छ ।'

उनले आतंकवाद रोक्नको लागि कतारले गत वर्षको डिसेम्बरमा एउटा कार्यालयको व्यवस्था गरेको जानकारी पनि गराए । त्यहीबाट शान्ति प्रक्रियाका विविध काम पनि भइरहेको उनले उल्लेख गरेका छन् ।

कतारले आफूलाई आतंकवादविरुद्ध योगदान पुर्‍याउन तत्पर रहेको जनाउँदै उनले आतंकवादविरुद्ध सांसदबाटै संकल्प प्रस्ताव पारित गरेर सहकार्य गर्दै अघि बढ्ने बताए । 

उपप्रधानमन्त्री अलथानीले संयुक्त राष्ट्रसंघले पारित गरेका आतंकवादविरुद्ध संकल्प प्रस्तावलाई कतारले पूर्ण पालना गर्ने जनाएका थिए ।


कस्तो लाग्यो ?

यो पनि