जेठ ०२, २०८१, बुधबार
               

कोलम्बियाका राष्ट्रपति चढेको हेलिकप्टरमा गोली प्रहार

नेपाल फ्ल्यास
असार १२, २०७८

ADVERTISEMENT

काठमाडौैं । कोलम्बियाका राष्ट्रपति चढेको हेलिकप्टरमा गोली प्रहार भएको छ । भेनेजुएलाको सीमानजिक उडिरहेका बेला राष्ट्रपति इभान दुकेसहितका उच्च अधिकारी सवार हेलिकप्टरमा गोली प्रहार भएको हो ।

हेलिकप्टरमा राष्ट्रपति दुकेसँगै रक्षा मन्त्री, आन्तरिक मामिला मन्त्री र राज्यका गभर्नर थिए । राष्ट्रपतिका प्रवक्तालाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार घटनामा कसैलाई केही भएको छैन ।

राष्ट्रपति दुकेले आक्रमणलाई कायरता भन्दै निन्दा गरेका छन् । घटनाको अहिलेसम्म कसैले जिम्मा लिएको छैन ।


कस्तो लाग्यो ?

यो पनि