जेठ ०१, २०८१, मंगलबार
               

तिब्बतमा पहिलोपटक बुलेट रेल शुरू

नेपाल फ्ल्यास
असार ११, २०७८

ADVERTISEMENT

काठमाडौं । चीनले तिब्बतबाट पहिलोपटक बुलेट रेल सेवा शुरू गरेको छ । तिब्बतको राजधानी ल्हासा र निंगचीबीच बुलेट रेल शुक्रबारदेखि सञ्चालन भएको हो ।

उक्त रेलको रेलमार्गको रुट ४३५.५ किलोमिटर रहेको बताइएको छ । आगामी जुलाई १ मा चीनको सत्ताधारी कम्युनिस्ट पार्टीले आफ्नो शताब्दी वर्ष मनाउन लाग्दा यो रेल सेवाको उद्घाटन गरिएको छ ।

चिनियाँ सरकारी समाचार एजेन्सी सिन्ह्वाले तिब्बत स्वायत्र क्षेत्रमा शुक्रबार पहिलोपटक बिजुलीबाट सञ्चालित बुलेट रेलको शुरुवात भएको जनाएको छ । सिचुआन तिब्बत रेल्वे मातहत सञ्चालित उक्त रेल सेवा तिब्बतमा किंगाची–तिब्बत रेल्लेपछिको दोस्रो रेल सेवा भएको बताइएको छ ।

गत वर्षको नोभेम्बरमा चिनियाँ राष्ट्रपति शि जिनपिंगले तिब्बतमा नयाँ रेल परियोजनाका लागि निर्देशन दिएको थिए । यो नयाँ रेल मार्गले सीमाको सुरक्षा तथा स्थिरतामा ठूलो भूमिका खेल्ने बताइएको छ ।

नयाँ रेल सेवाले ल्हासा र चेंगदुबीचको ४८ घण्टाको यात्रालाई घटाएर अब १३ घण्टामा झारिदिएको छ ।


कस्तो लाग्यो ?

यो पनि