बैशाख १४, २०८१, शुक्रबार
               

भारतका प्रधानमन्त्री मोदी विश्वकै लोकप्रिय नेता

नेपाल फ्ल्यास
असार ०४, २०७८

ADVERTISEMENT

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी विश्वकै लोकप्रिय नेता बनेका छन् ।

अमेरिकाको डेटा इन्टेलेजेन्स फर्म मर्निङ कन्सल्टको सर्वेक्षणमा मोदी सर्वाधिक लोकप्रिय बनेका हुन् । सो संस्थाले हरेक साता सर्वेक्षण अद्यावधिक गर्ने गरेको छ ।

शुक्रबार अद्यावधिक रिपोर्टमा मोदी सर्वाधिक लोकप्रिय बनेका हुन । उनले कुल १०० मध्ये ६६ प्रतिशत रेटिङ पाएका छन् ।

मोदीले पछिल्लोपटक राष्ट्रका नाममा सम्बोधन गर्दै १८ वर्षमाथिका सबै नागरिकलाई नि:शुल्क खोप दिने घोषणा गरेका थिए । जुन ७ को त्यो घोषणाले मोदीको लोकप्रियता अझै चुलिएको थियो ।  

सर्वेक्षणमा इटालीका प्रधानमन्त्री मारियो डाघी ६५ प्रतिशत रेटिङसहित दोस्रो स्थानमा छन् । सूचीमा अमेरिकी राष्ट्रपति जो बाइडेन ५३ प्रतिशत रेटिङसहित छैटौँ स्थानमा छन् ।

सर्वेक्षणमा अमेरिका, भारत र इटालीबाहेक बेलायत, रुस, जर्मनी, अस्ट्रेलिया, क्यानडा, ब्राजिल, फ्रान्ससहित १३ मुलुकका नेतालाई समावेश थिए ।

 


कस्तो लाग्यो ?

यो पनि