बैशाख १४, २०८१, शुक्रबार
               

५ अर्ब डलरको 'पब्जी'काे आइपीओ आउने

नेपाल फ्ल्यास
असार ०२, २०७८

ADVERTISEMENT

चर्चित भिडियोगेम पब्जी निर्माण गर्ने दक्षिण कोरियाली कम्पनी ‘क्र्याफ्टन इन्क’ ले आइपीओ जारी गर्ने भएको छ ।

आइपीओमार्फत करिब ५.६ खर्ब कोरियन वन अर्थात ५ अर्ब अमेरिकी डलर बराबर पुँजी उठाउने क्र्याफ्टनले जनाएकोे छ । नियामकलाई बुझाएको विवरणमा क्र्याफ्टनले प्रतिसेयर ४ लाख ५८ हजारदेखि ५ लाख ५७ हजार कोरियन वनको रेन्जमा १ करोड सेयर जारी गर्ने जनाएको छ ।

सन् २०१७ मा सार्वजनिक भएयता पब्जी सर्वाधिक छिटो बिक्री भएको गेममध्ये एक हो । क्र्याफ्टनले यसै वर्ष थप २ वटा गेम सार्वजनिक गर्ने तयारी गरेको छ । 


कस्तो लाग्यो ?

यो पनि