बैशाख ०८, २०८१, शनिबार
               

रोनाल्डोका कारण काेकाकोलाकाे शेयर मूल्य घट्यो

नेपाल फ्ल्यास
असार ०२, २०७८

ADVERTISEMENT

पोच्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोका कारण काेकाकोलाकाे शेयर मूल्य घटेकाे छ ।  । जारी युरोकपमा हंगेरीविरुद्ध खेलअघिकाे पत्रकार सम्मेलनमा आफ्नो अगाडि टेबलमा राखिएको कोकोकोलाको बोतल रोनाल्डोले हटाएपछि त्यसको असर कोकाकोलाको शेयर मूल्यमा देखिएको हा । 

उनले काेकाकाेलाकाे सट्टा पानीको प्रवर्द्धन गरेको रूपमा बुझियो । कुनै वाक्य प्रयोग नगरी उनले संकेतको भरमा कोकाकोला नपिउन सन्देश दिएका देखिन्छ । मंगलबार सामाजिक सञ्जालमा भाइरल भएको उक्त भिडियोले एक दिनमै कोकाकोला कम्पनिलाई ४ अर्ब अमेरिकी डलर बराबरको क्षति पुर्याएको हो।

उनको अभिव्यक्तिपछि कोकाकोलको बजार मूल्य मंगलबार २४२ अर्ब अमेरिकी डलरबाट २३८ अर्ब अमेरिकी डलरमा झरेको थियो । रोनाल्डोको अभिव्यक्ति र त्यसको प्रभावप्रति प्रतिक्रिया जनाउँदै कोकाकोला कम्पनीले सबैको आफ्नै स्वाद र आवश्यकता अनुसार आफ्ना लागि पेय पदार्थ छान्न पाउने बताएको छ। कोकाकोला युरोकप २०२० को स्पोन्सर हो ।

रोनाल्डो खानपान र व्यायामका विषयमा सजग छन् । उनले आफ्ना सन्तानलााई कोकाकोला जस्ता पेय पदार्थ र चकलेट खान बन्देज लगाएका छन् ।


कस्तो लाग्यो ?

यो पनि