बैशाख १५, २०८१, शनिबार
               

इजरायली प्रधानमन्त्री नेतन्याहू १२ वर्षपछि सत्ताबाट बाहिरिए

नेपाल फ्ल्यास
जेठ ३१, २०७८

ADVERTISEMENT

एजेन्सी । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू १२ वर्षपछि सत्ताबाट बाहिरिएका छन् । 

आइतबार इजरायली संसद्ले नेतन्याहूविरुद्धको गठबन्धनबाट प्रधानमन्त्री बनाउने प्रस्तावलाई अनुमोदन गरेसँगै नेतन्याहू लामो समयपछि सत्ताबाट बाहिरिएको विभिन्न समाचार माध्यमले जनाएका छन् । नेतन्याहूको बहिर्गमनपछि दक्षिपन्थी यामिना पार्टीका नाफ्टाली बेनेट प्रधानमन्त्री बनेको बताइएको छ । 

गठबन्धनले हालै गरेको सहमतिअनुसार बेनेट सन् २०२३ को सेप्टेम्बरसम्म प्रधानमन्त्री बन्न पाउने प्रावधान छ । त्यसपछि भने उनले येस अतीर पार्टीका याइर लापिडलाई सत्ता हस्तान्तरण गर्नुपर्ने छ ।

नेतन्याहूले सन् २००९ देखि लगातार प्रधानमन्त्री पद सम्हालेकका थिए । नयाँ प्रधानमन्त्री बनेका ४९ वर्षीय नाफ्ताली अमेरिकी आप्रवासीका सन्तान हुन्  । उनी सन् १९९६ मा सैनिक सेवाबाट अलग भएका थिए । 

त्यसको तीन वर्षपछि क्योटा नामक प्रविधि कम्पनी खोलेका उनले कम्पनीमा ६ वर्ष बिताएपछि १४ करोड ५० लाख अमेरिकी डलरमा बिक्री गरेका थिए । उनी सन् २००६ को लेबनान युद्धपछि राजनीतिमा सक्रिय थिए ।

यो पनि