बैशाख १४, २०८१, शुक्रबार
               

भारतको मुबईंमा भवन भत्किँदा ११ जनाको मृत्यु

नेपाल फ्ल्यास
जेठ २७, २०७८

ADVERTISEMENT

काठमाडौं । भारतको मुबईस्थित माल्वानी क्षेत्रमा रहेको एक भवन भत्किँदा ११ जनाको मृत्यु भएको छ । बुधबार राति तीनतले आवासीय भवन भत्किँदा सो घटना भएको हो । 

प्रहरी र विभिन्न सञ्चारमाध्यमले उल्लेख गरेअनुसार घटनामा परी मृत्यु हुनेमा आठ बालबालिका र तीन वयस्क मानिस छन् । यो घटनामा थप सातजना घाइते भएका छन् ।

अधिकारीहरुका अनुसार नाजुक अवस्थामा रहेको नजिकैको अर्को तीनतले भवन पनि खाली गरिएको छ । मुम्बईको प्रहरीका ज्वइन्ट कमिस्नर विश्वास नांग्रेका अनुसार उक्त भवन गैरकानुनीरुपमा धेरै संरचनात्मक त्रुटिसहित निर्माण गरिएको थियो ।

गत महिना भारतमा ताउ ते चक्रवातपछि भएको वर्षाको कारण उक्त भवनमा क्षति पुगेको थियो । यस्तोमा आवश्यक सतर्कता अपनाइएको भए बुधबारको दुर्घटना रोक्ने सकिने प्रहरी अधिकारी नांग्रेले बताए ।


कस्तो लाग्यो ?

यो पनि