बैशाख २२, २०८१, शनिबार
               

सिरियाका लाखौं नागरिकलाई मानवीय सहयता आवश्यक

नेपाल फ्ल्यास
जेठ २५, २०७८

सांकेतिक
ADVERTISEMENT

सिरियाको उत्तरपश्चिमी क्षेत्रका लाखौँ नागरिकलाई मानवीय सहायताको आवश्यकता परेको छ । ती क्षेत्रका मानिसलाई अहिले खाना, औषधि तथा अन्य आधारभूत तथा अत्यावश्यकताका सामाग्रीहरूको पनि उपलब्धता हुन सकेको छैन ।

संयुक्त राष्ट्रसंघका मानवीय सहायतासम्बन्धी निकायका अधिकारीहरूले सो कुराको जानकारी दिएका छन् । उनीहरूका अनुसार सिरियाको उत्तरपश्चिमी क्षेत्रमा बसोबास गरिरहेका ३४ लाख नागरिकमध्ये ९० प्रतिशतलाई मानवीय सहायताको खाँचो रहेको छ ।

ती नागिरिकहरू सिरियामा करिब एक दशकको समयमा द्धन्द्धको चपेटामा परेका छन् । जसका कारणले अहिले आएर आर्थिक संकट थपिएको छ । त्यसैले उनीहरू खाना र बासकै समस्यामा परेका छन् । ती क्षेत्र बढी मात्रामा द्धन्द्धग्रस्त क्षेत्रहरु पनि भएकोले गर्दा सरकारले पनि सहायता सामग्री पुर्‍याउन सकिरहेको छैन ।

संयुक्त राष्ट्रसंघका अधिकारीहरुले पछिल्लो समयमा त्यहाँ कोभिडको पनि समस्या उत्पन्न भएको छ । यो महामारीबाट बच्ने उपाहरूका बारेमा यहाँका अधिकारीहरूले परामर्श पनि दिन नसकेका र सहायता पुर्‍याउन नसकेका बताइएको छ । 

सिरियामा राष्ट्रपति पदका लागि भएको निर्वाचनबाट पुनः वर्तमान राष्ट्रपति बसर अल असद निर्वाचित भएका छन् । समाचारमा जनाइएअनुसार उनले यस पटकको निर्वाचनमा उहाँका प्रतिद्धन्द्धीहरुको भन्दा निकै धेरै मत ल्याएको छ । उनको ९५.१ प्रतिशत मत आएको सिरियाको संसदले घोषणा गरेको छ । यस पटक समेत गरी उनी सिरियाको राष्ट्रपतिमा चौथो पटक निर्वाचित भएकाे हाे ।

 सिरियामा सन् २०११ देखि नै राष्ट्रपति असदका विरुद्धमा जनआन्दोलन चर्किएको थियो । सिरिया लामो समयदेखि हिंसा जारी छ । यहाँका लाखौँ नागरिक यस हिंसाका कारण विस्थापित पनि हुन पुगेका छन् । साथै ४ लाखभन्दा पनि बढी नागरिकले ज्यान गुमाउन बाध्य भएका छन् ।


कस्तो लाग्यो ?

यो पनि