जेठ ०४, २०८१, शुक्रबार
               

अफगानिस्तानमा बम विस्फोटमा परी ११ जनाको मृत्यु

नेपाल फ्ल्यास
जेठ २३, २०७८

ADVERTISEMENT

काठमाडौं । अफगानस्तिानको उत्तरी बादगीस प्रान्तमा बम विस्फोट हुँदा ११ जनाको मृत्यु भएको छ। अफनागिस्तानस्थित स्थानीय सरकारी अधिकारीहरूका अनुसार आइतबार सडकमा राखिएको बम बिस्फोटन हुँदा गाडीमा सवार ११ जनाको मृत्यु भएको  हो ।

उनीहरुका अनुसार तालिवान समूहले सडकछेउमा राखेको सो बम विस्फोट भएको हो । 

बादगिस प्रान्तका गभर्नर हुसमुद्दिम सम्सले ११ यात्रु रहेको गाडी काला-ए-नवा सहरतर्फ जाँदै गर्दा विस्फोटनमा परेको बताएका छन् । 

अफगानी सेना र तालिबानी समूहबीचको झडपमा परी सन् २०२१ को पहिलो तीन महिनामा करिब १ हजार ८ सय अफगानी नागरिकको मृत्यु हुनुका साथै कैयौं घाइते भएका छन्। 


कस्तो लाग्यो ?

यो पनि