जेठ ०८, २०८१, मंगलबार
               

चीनमा अब तीन सन्तान जन्माउन छुट

नेपाल फ्ल्यास
जेठ १७, २०७८

ADVERTISEMENT

चीन सरकारले अब हरेक जोडीलाई तीन जनासम्म सन्तान जन्माउन पाउने छुट दिने भएकाे छ । राष्ट्रपति सी चिनफिङको अध्यक्षतामा बसेको चिनियाँ सत्तारुढ कम्युनिस्ट पार्टीको पोलिटव्यूरो हालैको बैठकले नयाँ नीति कार्यान्वयनमा ल्याएको हो ।

युवा जनशक्ति भन्दा पनि वृद्धवृद्धाहरुको संख्या बढी देखिन थालेपछि चीनले २०१६ मा नै दुई सन्तान पाउन पाउने व्यवस्था लागू गरेको थियो । चीनमा जनसंख्याको अनुपातको सन्तुलन नमिल्दा पछिल्लो समय महिलाको तुलनामा पुरुषको जनसंख्या बढेपछि पुरुषहरूका लागि विवाह गर्न समेत जटिल अवस्था उत्पन्न हुन थालेको छ ।

एक सन्तान नीतिले गर्दा जनसंख्याको सन्तुलन बिग्रिएको भन्दै आलोचना हुन थालेपछि चीन सरकारले पछिल्लो ५ वर्षको अवधिमा नै दुई पटक नीतिमा फेरबदल गरिसकेकाे छ । 


कस्तो लाग्यो ?

यो पनि