जेठ ०९, २०८१, बुधबार
               

कोलम्बियामा हेलिकोप्टर दुर्घटना हुँदा पाँच प्रहरीको मृत्यु

नेपाल फ्ल्यास
जेठ १७, २०७८

ADVERTISEMENT

कोलम्बियामा हेलिकोप्टर दुर्घटना हुँदा पाँच जना प्रहरीको ज्यान गएको छ । सो हेलिकोप्टर कोलम्बियाको बोगोटाबाट पश्चिमतर्फको एक ग्रामीण क्षेत्रमा दुर्घटना ग्रस्त भएको समाचारमा उल्लेख छ । 

आइतबार सो हेलिकोप्टर दुर्घटना भएको बताइएकाे छ। कोलम्बियाका राष्ट्रपति इभान डुकले आइतबार एक विज्ञप्ति प्रकाशन गरेर सो कुरा जानकारी दिएका छन् । उक्त विज्ञप्तिमा उनले कोलम्बियाको प्रहरी सेवामा रहेका पाँच जना अधिकृतिको ज्यान गुमाउनु परेकोमा निकै दुःख लागेको बताएका छन् । 

ग्रामीण क्षेत्रमा दुर्घटनामा परेको सो हेलिकोप्टरको दुर्घटनाको कारणका बारेमा अनुसन्धान जारी नै रहेको कोलिम्बियाली प्रहरी सेवाका प्रवक्ताले जानकारी दिएका छन् ।


कस्तो लाग्यो ?

यो पनि