चैत १६, २०८०, शुक्रबार
               

भारतको उत्तर प्रदेशमा मदिरा सेवनबाट २२ जनाको मृत्यु

नेपाल फ्ल्यास
जेठ १६, २०७८

ADVERTISEMENT

नयाँ दिल्ली । भारतको उत्तर प्रदेशमा विषाक्त मदिराको सेवनबाट कम्तीमा पनि २२ जनाको मृत्यु भएको छ । सो प्रदेशको अलिगार्च जिल्लामा ती व्यक्तिहरुको मृत्यु भएको हो ।

उत्तर प्रदेशको सदरमुकाम लखनउबाट करिब ४१६ किलोमीटर टाढा रहेको सो गाउँमा उक्त घटटना भएको शनिबार सञ्चारमाध्यमहरुले जनाएका छन् ।

यस क्षेत्रका प्रशासकीय एकजना अधिकारीले सो विषाक्त रक्सीको सेवनबाट यहाँका २२ जनाको ज्यान गएको छ भने अरु केही अस्पताल भर्ना भएका छन् । अस्पताल भर्ना भएकाहरुको अवस्था पनि गम्भीर रहेको पनि सो समाचारमा जनाइएको छ ।

बिहीबार साँझ ती व्यक्तिहरुले एक लाइसेन्स रहेको पसलबाट नै रक्सी किनेका थिए । सो रक्सी सेवनबाट विरामी भएका उनीहरुको शुक्रबार साँझ मृत्यु भएको हो । यहाँका स्थानीयहरुले शुक्रबार अपरान्हबाट मानिसहरु निकै विरामी परेका र साँझदेखि मर्न थालेका बताइएका छन् ।

यहाँका प्रहरी अधिकारीहरुले सो क्षेत्रका पाँच वोटा रक्सी पसल सिल गरेका छन् भने ती पसलका मालिकहरुलाई नियन्त्रणमा लिएका छन् । त्यस्तै ती पसललाई रक्सी बेच्ने अनुमति दिने सरकारी अधिकारीलाई पनि खोजी गरिरहेको जनाइएको छ ।

यो पनि