जेठ ०९, २०८१, बुधबार
               

दोहोरो भिडन्तमा अफगानिस्तानमा २३ जना तालिवान लडाकू मारिए

नेपाल फ्ल्यास
जेठ १५, २०७८

ADVERTISEMENT

काबुल । अफगानिस्तानमा भएको दुई पक्षिय भिडन्तका क्रममा थप २३ तालिवान लडाकूहरु मारिएका छन् । देशको बाल्ख प्रान्त अन्तर्गत पर्ने शोल्गारा जिल्लामा बिहीबार दिउसो भिडन्त भएको सैन्य अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् ।

अफगानिस्ताको सेनाका प्रान्तीय प्रवक्ता मोहम्मद हनिफ रेजाइले बोडाना क्वाला भन्ने गाउँमा घटना भएको बताए । घटनामा परी २३ जनाको मृत्यु भएको र अरु ११ जना घाइते भएको पनि उनले जानकारी दिए । उनका अनुसार सुरक्षाकर्मीहरुले घटनास्थलबाट लडाकूहरुले प्रयोग गर्ने मोटरसाइकल समेत बरामद गरेका छन् । 

अफगानिस्तानका धेरै ठाउँमा तालिवान लडाकूहरु लामो समयदेखि हिंसात्मक क्रियाकलापमा सक्रिय हुदै आएका छन् । बिहीबारको घटनाका बारेमा अहिलेसम्म कसैले जिम्मेबारी नलिएको पनि सरकारी अधिकारीहरुले जनाएका छन् । 


कस्तो लाग्यो ?

यो पनि