जेठ ०९, २०८१, बुधबार
               

जापानमा स्वास्थ्य संकटकाल जुन २० सम्म थप

नेपाल फ्ल्यास
जेठ १५, २०७८

ADVERTISEMENT

हङकङ । जापान सरकारले कोरोनाका कारण घोषणा गरिएको संकटकालको अवधिलाई ९ प्रान्तहरूमा शुक्रबार थप तीन हप्ताका लागि विस्तार गरेको छ ।

जापानमा पछिल्लो समय संक्रमण दरमा कमी आएपनि अझै खतरामुक्त नरहेको भन्दै जुन २० सम्मका लागि संकटकाल बिस्तार गरेको हो । एसिया–प्रशान्त क्षेत्रमा कोरोना संक्रमण र मृत्युका घटनामा अझै अपेक्षाकृत कमी नआएपछि उक्त क्षेत्रका अधिकांश मुलुकहरूले उच्च सतर्कता अपनाएका छन् ।

यद्यपि केही देशहरूले यसको रोकथाम गर्न प्रतिबन्धहरूलाई बिस्तार गरेका छन् । संकटकाल बिस्तार गरिएका जापानी ९ प्रान्तहरू टोकियो, ओसाका, होक्काइदो, आईची, क्योटो, ह्योगो, ओकायामा, हिरोशिमा र फुकुओका हुन् । संकटकाल अवधि सोमबार समाप्त हुँदै थियो । 

जापानकै ओकिनावा प्रान्तमा यस पहिले नै जून २० सम्मका लागि कोभिड–१९ नियन्त्रणका लागि प्रतिबन्धका उपायहरूलाई बिस्तार गरिएको थियो । 

कोभिड–१९ नियन्त्रणका लागि अपनाइएका प्रतिबन्धहरूले रेस्टुरेन्टहरूलाई मदिरा बेच्न वा प्रत्यक्ष सेवाहरू प्रदान गर्न रोक लगाएको छ । स्वास्थ्य सावधानीका लागि विद्यालयहरू बन्द गरिएका छन् भने ठूलो खालका भेला तथा सममेलन गर्दा स्वास्थ्य सुरक्षाका नियमहरूलाई पालना गर्नुपर्ने बताइएको छ । 


कस्तो लाग्यो ?

यो पनि