बैशाख २१, २०८१, शुक्रबार
               

सिरियामा राष्ट्रपतिका लागि निर्वाचन सुरु

नेपाल फ्ल्यास
जेठ १२, २०७८

ADVERTISEMENT

सिरियामा राष्ट्रपति पदका लागि निर्वाचन सुरु भएको छ । सिरियाली अधिकारीहरूले बुधबार यहाँको राष्ट्रपति पदका लागि सुरु भएको निर्वाचनमा मतदान भइरहेको बताएका छन् ।

समाचारमा जनाइएअनुसार यहाँ सुरक्षाको समस्या रहेकोले निश्चित क्षेत्रमा मात्र मतदान भइरहेको बताएका छन् । खासगरी सिरियाको राजधानी र सरकारको नियन्न्त्रणमा रहेका क्षेत्रहरूमा मात्र निर्वाचन प्रक्रिया सूरु भएको बताइएको छ ।

बुधबार बिहानबाट सुरु भएको मतदान प्रक्रिया आज साँझसम्म नै जारी रहने बताइएको छ । सिरियाको सरकारको नियन्त्रणमा रहेका क्षेत्रहरुमा मात्र निर्वाचनको मतदान भएको छ । सिरियाका आन्तरिक मामिला सम्बन्धी मन्त्री मोहमद अल रहमाउनले मंगलबार सिरियामा देशभरमा गरेर १२ हजार ओटा मतदान केन्द्रहरू स्थापना गरिएको जानकरी दिए । 

उनले मंगलबार पत्रकार सम्मेलन गरेर बुधबार हुने मतदानको शान्ति सुरक्षाको पनि व्यवस्था मिलाइएको जानकारी दिएको थियो । उनले मतदानको कामलाई सुरक्षित रुपमा सम्पन्न गर्ने गरी तयारी भएको जानकारी पनि त्यस अवसरमा दिए । 

सिरियाका वर्तमान राष्ट्रपति बसार अल असदसहित यहाँका तीन जनाले राष्ट्रपति पदमा उम्मेदावारी दिएका छन् । सिरियामा केही वर्षअघि देखि नै राष्ट्रपति असदका विरुद्धमा आन्दोलन चर्किएको थियो ।

सिरियाका राष्ट्रपति असार अल असदका विरुद्धमा आन्दोलन चर्किएको थियो र जारी आन्दोलनमा भएका हिंसामा यहाँका ४ लाख भन्दा पनि बढी मानिसको ज्यान गएको छ ।


कस्तो लाग्यो ?

यो पनि