जेठ ०५, २०८१, शनिबार
               

प्रधानमन्त्री मोदीले गरे पश्चिम बङ्गालको चुनावी कार्यक्रम रद्द

नेपाल फ्ल्यास
बैशाख १०, २०७८

ADVERTISEMENT

नयाँ दिल्ली । कोरोनाको महामारीबीच शुक्रबार (आज) आयोजना हुने भनिएको भारतीय जनता पार्टीको चुनावी र्यालीको कार्यक्रमलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रद्द गरेका छन् । प्रधानमन्त्री मोदीले बिहीबार साँझ ट्वीट गर्दै आफूले पश्चिम बङ्गाल जाने कार्यक्रम रद्द गरेको जानकारी गराएका हुन् ।

यस्तै मोदीले शुक्रबार कोरोनाबारे छलफल गर्न उच्चस्तरीय बैठक गर्ने पनि ट्वीटमार्फत जानकारी दिएका छन् । उनी चुनावी प्रचारका लागि पश्चिम बङ्गाल जाने कार्यक्रम रहेको थियो ।

यसअघि निर्वाचन प्रचारको लागि पश्चिम बङ्गाल जाने कार्यक्रम विपक्षी नेता राहुल गान्धीले पनि रद्द गरेका थिए । कार्यक्रम रद्द गरेपछि निर्वाचन प्रचारप्रसारको लागि अन्य दलहरूलाई पनि सोच्न गान्धीले आग्रह गरेका थिए ।

त्यसको लगत्तै सामान्य विरामी परेका राहुलको कोभिड–१९ परीक्षण गर्दा उनलाई संक्रमण पुष्टि भएको थियो । भारतमा पछिल्लो समय कोरोना भाइरसको  संक्रमण दिन प्रतिदिन उकालो लागिरहेको छ । भारतमा पछिल्लो २४ घण्टामा मात्रै तीन लाखभन्दा बढी व्यक्ति संक्रमित थपिएका छन् भने दुई हजार १०० भन्दा बढी संक्रमितको मृत्यु भएको छ । 

यो पनि