बैशाख २४, २०८१, सोमबार
               

इजिप्टमा एक हजार ७०० जना कैदी जेलमुक्त

नेपाल फ्ल्यास
बैशाख ०८, २०७८

ADVERTISEMENT

काएरो । मुसलमानहरूको पवित्र पर्व रामदानको अवसरमा इजिप्टले देशभरका विभिन्न जेलमा थुनामा रहेका करिब एक हजार ७०० व्यक्तिलाई मङ्गलबार जेलमुक्त गरेको छ । पवित्र महिना रामदानको अवसरमा जेलमा रहेका तर आचरणमा सुधार देखिएका व्यक्तिलाई कैँद मिनाहाका लागि राष्ट्रपतिको निर्देशनमार्फत रिहाइ गरिएको हो ।

जेलमा रहँदा आचरणमा सुधार आएका र दुई तिहाई जेल जीवन बिताइसकेका कैदीलाई कैद मिनाह गर्ने अन्तर्राष्ट्रिय परम्परा रहेको छ । इजिप्टमा जस्तै विश्वका अन्य मुलुकमा पनि पर्व र धार्मिक तथा सांस्कृतिक लामो बिदाको अवसरमा दुई तिहाइ कैद भूक्तानी गरिसकेका कैदीहरूलाई बाँकी कैद सजाय मिनाह गरी रिहाइ गर्ने प्रचलन चल्दै आएको छ ।

इजिप्टले रमादान र स्वतन्त्रता दिबस (जुलाई २३) का अवसरमा कैदीहरूको बाँकी जेल अवधि मिनाह गर्ने र सुधार देखिएका उनीहरूको रिहाई गर्ने प्रचलन वर्षोँदेखि चल्दै आएको छ । इजिप्टको संविधान अनुसार शसस्त्र विद्रोह, आतंकवाद, बदला हत्या र लागु पदार्थ हिरोइनको कारोबारमा सम्लग्न भई जेल परेका कैदीको बाहेक अन्य मुद्दामा जेल परेका कैदीको जेल मिनाह गर्ने अधिकार राष्ट्रपतिमा निहित छ ।


कस्तो लाग्यो ?

यो पनि