बैशाख २१, २०८१, शुक्रबार
               

लकडाउन घोषणा भएसँगै दिल्लीका मदिरा पसलहरूमा ग्राहकको घुईंचो

नेपाल फ्ल्यास
बैशाख ०६, २०७८

ADVERTISEMENT

भारतको राजधानी नयाँ दिल्लीमा ६ दिनका लागि लकडाउन घोषणा गरिएकाे छ । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले सोमबार पत्रकार सम्मेलन गरी लकडाउन घोषणा गरेका हुन् । दिल्ली सरकारले सोमबार (अप्रिल १९) राति १० बजेदेखि अप्रिल २६ बिहान ५ बजेसम्म लकडाउन घोषणा भएकाे हाे । 

लकडाउन घोषणा हुनासाथ दिल्लीका मदिरा पसलहरुमा ग्राहकको घुईंचो लाग्न सुरु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । दिल्ली प्रमुख बजारहरुमा मदिरा किन्नेहरुको भीड लागेको छ ।

मुख्यमन्त्री केजरीवालले भने, ‘लकडाउन घोषणा गर्ने वित्तिकै कोरोना खत्तम हुँदैन भन्ने मेरो मान्यता हो, यसको तीव्रतामा कमी आउने हो । एक हप्तामा हामी बेड, औषधी र अक्सिजनको व्यवस्था गर्छौं ।’ लकडाउन घोषणा गरिए पनि परीक्षा दिने विद्यार्थीहरूका लागि परिचयपत्रका आधारमा छुट दिने व्यवस्था गरिएको छ ।

पछिल्ला दिन कोरोना संक्रमितहरुको संख्या ह्वात्तै बढेपछि नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले लकडाउन घोषणा गरेका हुन् ।पछिल्लो समय दिल्लीमा दैनिक २५ हजारभन्दा बढी संक्रमित देखिन थालेकाे छ । 


कस्तो लाग्यो ?

यो पनि