जेठ ०५, २०८१, शनिबार
               

रुसी राष्ट्रपतिका आलोचकको ज्यान जानसक्ने चेतावनी

नेपाल फ्ल्यास
बैशाख ०५, २०७८

ADVERTISEMENT

चिकित्सकले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका आलोचक एलेक्सी नभाल्नीको ‘केही दिनभित्र ज्यान जान सक्ने’ चेतावनी दिएका छन् । 

उपचारमा ध्यान नदिइए जेलमा रहेका रुसी विपक्षी अभियानकर्मी एलेक्सी नभाल्नीको केही दिनभित्र ज्यान जान सक्ने उनीहरुले चेतावनी दिएका हुन् । चिकित्सकहरुका अनुसार उनी हृदयाघात अथवा मिर्गौलाले काम गर्न नसक्ने अवस्थाको शिकार हुन सक्ने बताएका छन् । 

ढाड तथा खुट्टासम्बन्धी समस्याको पूर्ण उपचारको माग गर्दै विगत १८ दिनदेखि नभाल्नी अनशनरत छन्। अमेरिकी राष्ट्रपति जो बाइडनले जेलमा रहेका नभाल्नीको अवस्थालाई ‘पूर्णतः अन्यायपूर्ण र अनुपयुक्त’ भनेका छन्।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका कटु आलोचक नभाल्नीलाई आर्थिक हिनामिनासम्बन्धी पुराना अभियोगहरूमा गत फेब्रुवरी महिनामा जेल पठाइएको थियो।


कस्तो लाग्यो ?

यो पनि