जेठ ०६, २०८१, आइतबार
               

राष्ट्रपति बाइडेनले पनि पुटिनले जस्तै संवाद चाहेको क्रेमलिनको भनाइ

नेपाल फ्ल्यास
बैशाख ०४, २०७८

ADVERTISEMENT

मस्को । अमेरिकी राष्ट्रपति जाे बाइडेनले रूस र अमेरिकाबीचको तनाव कम गर्ने समय आएको भनी दिएको अभिब्यक्तिलाई रूसले सम्मान गर्ने रूसी प्रशासनिक केन्द्र क्रेमलिनले शुक्रबार जानकारी गराएको छ । 

अमेरिकी राष्ट्रपति बाइडेनले मङ्गलबार रूस र अमेरिककाको सहयोगी मुलुक युक्रेनबीच बढ्दो तनावको बारेमा छलफल गर्न आफू र पुटिनले तटस्थ भूमिमा शिखर बैठकको प्रस्ताव गरेका थिए । 

साथै, वासिङ्टन र मस्कोबीच तनाब अन्त्य गर्ने बेला आएको बाइडेनले बिहीबार बताएका थिए । क्रेमलिनका प्रवक्ता दिमित्री पेश्कोभले शुक्रबार पत्रकारसँग भने, ‘रूसी राष्ट्रपति पुटिनले सम्बन्ध निर्माणको लागि यो समय उत्कृष्ट रहेको र यो समय अमेरिकासँगको सम्बन्धलाई सामान्य बनाउने र सम्बन्ध विस्तार गर्नुपर्ने बताउनुभएको छ ।’

‘उनले बारम्बार भनेका छन्, ‘हामी हाम्रा समकक्षीसँग वार्तालाप गरी सम्बन्ध विकास गर्न तयार छौँ,’ क्रेमलिन प्रवक्ताले भने, ‘विवाद समाधान कम गर्ने सम्बन्धमा ‘राम्रो’ कुरा यो हो कि दुई मुलुकका नेताहरूको दृष्टिकोण मेल खाएको छ ।’

फिनल्याण्डका राष्ट्रपति सउली निनिस्तोले शुक्रबार आफ्नो देशलाई सम्भावित बैठकस्थलको लागि प्रस्ताव गरिसके पनि क्रेमलिन अझै पनि पुटिन–बाइडेन शिखर सम्मेलनको प्रस्तावबारे विचार गरिरहेको उनले बताए ।  

तनाव कम गर्ने आह्वानको बाबजुद वाशिङ्टनले हालै चुनावी तथा साइबर हस्तक्षेपको आरोप लगाएको थियो जसले मस्कोलाई थप आक्रोशित पारेको थियो । क्रेमलिनले ‘दण्डले सम्भावित शिखर सम्मेलनलाई सहयोग’ नगर्ने पनि बताएको छ ।

उनले भने, ‘प्रतिबन्धको बाटो रूसका लागि अस्वीकार्य रहेको छ ।’ निर्वाचनका समय बाइडेनले आफ्नो पूर्ववर्ती डोनाल्ड ट्रम्पको भन्दा मस्कोसँग धेरै कडा नीति लिने प्रतिवद्धता गरेका थिए । 

यो पनि