बैशाख १४, २०८१, शुक्रबार
               

बेलायतका राजकुमार फिलिपको निधन

नेपाल फ्ल्यास
चैत २८, २०७७

ADVERTISEMENT

लण्डन । बेलायतकी महारानी एलिजाबेथ द्वितीयाका श्रीमान् राजकुमार फिलीपको ९९ वर्षको उमेरमा निधन भएको बकिङ्घम राजदरबार स्रोतले जनाएको छ ।

सन् १९४७ मा एलिजावेथसँग बिवाह गरेका राजकुमार फिलिपले बेलायतकी महारानीसँग ७३ वर्षसम्म वैवाहिक जीवन बिताएको राजदरबार स्रोतले जनाएको छ । उनिहरूको विवाह भएको पाँच वर्षपछि मात्र एलिजावेथलाई महारानी बनेकी थिइन् ।

बेलायतको बकिङ्गम रादरबारले राजकुमार फिलिपको मृत्यु भएको पुष्टि गर्न जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘गहिरो दुखका साथ महारानीले उहाँका प्रिय श्रीमान् ‘ड्यूक अफ एडिनबरा’ राजकुमार फिलिपको मृत्यु भएको घोषणा गर्नुभएको छ ।’

फिलिपको शुक्रबार बिहान विन्डसर क्यासलमा निधन भएको हो । द ड्यूक अफ एडिनबराको उपाधिले चिनिने राजकुमार फिलिपलाई एक महिना बेलायती अस्पतालमा भर्ना गरी उपचारपछि उहाँको निवासमा लगिएको थियो ।

राजकुमार फिलिप र रानीका चार सन्तान, आठ नातिनातिनी र १० जना पनातिपनातिनीहरू छन् । राजकुमार फिलिप ‘ग्रीक आइल्यान्ड अफ कोर्फु’मा सन् १९२१, जुन १० मा जन्मिएका थिए । उनी हेलेन्सका राजा जर्ज प्रथमका कान्छा छोरा थिए ।


कस्तो लाग्यो ?

यो पनि