बैशाख ०८, २०८१, शनिबार
               

बेलायतकी महारानी एलिजाबेथका श्रीमान फिलिपको निधन

नेपाल फ्ल्यास
चैत २७, २०७७

ADVERTISEMENT

बेलायतकी महारानी एलिजाबेथका श्रीमान राजकुमार फिलिपको निधन भएको छ । ९९ वर्षको उमेरमा उनको निधन भएको हो ।बेलायतकी महारानी एलिजाबेथका श्रीमान् राजकुमार फिलिपको मृत्युबारे  बेलायत राजदरबारले शुक्रबार विज्ञप्ति जारी गरी जानकारी दिएको छ। 

‘महारानीले गहिरो दुखका साथ आफ्ना प्रिय पतिको निधनको घोषणा गर्नुभएको छ,’ बेलायती राजदरबारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

२८ दिनयता अस्पतालमा उपचाररत थिए ।  

केही समययता राजकुमार फिलिपको स्वास्थ्य खस्किदै गएको थियो । उनले सन् २०१७ देखि स्वास्थ्यकै कारण देखाएर राजदरबारमा आफ्नो जिम्मेवारी छाड्दै गएका थिए ।

एलिजाबेथ र फिलिपबीच ७३ वर्षअघि विवाह भएको थियो। बेलायत राजपरिवारमा महारानी एलिजाबेथका उनी अभिन्न सहयोगी थिए।

यो पनि