बैशाख २५, २०८१, मंगलबार
               

भारतीय जनता पार्टी स्थापनाको ४१ वर्ष, यस्ता छन् १० महत्त्वपूर्ण तथ्य

नेपाल फ्ल्यास
चैत २४, २०७७

ADVERTISEMENT

भारतीय जनता (बिजेपी)का पार्टी मङ्गलबार ६ अप्रिलमा स्थापनाको ४१ औँ वर्षमा पुगेको छ । भारतीय जनता पार्टी हालसम्मको सबैभन्दा ठुलो र प्रभावशाली पार्टी हो । ४१ वर्षको उमेरमा बिजेपी युवाजत्तिकै उचाइमा छ । भाजपाको विस्तारको इतिहास धेरै पुरानो छैन । 

यस्ता छन् बिजेपीको बारेमा १० महत्त्वपूर्ण विषय

पहिलो अध्यक्ष अटल विहारी 

अटल विहारी वाजपेयीपछि नरेन्द्र मोदीको नेतृत्वमा बिजेपी सबैभन्दा शक्तिशाली पार्टी भयो । धर्मनिरपेक्ष राष्ट्रमा भाजपा हिन्दुत्वको राजनीति गर्ने पार्टीको रूपमा खुलेआम चिनिन्छ । १९८० अप्रिल ६ मा यो पार्टीको स्थापना भयो । 

आडवाणीको योगदान

पहिले यो भारतीय जनसंघका नामले चिनिन्थ्यो । भारतीय जनसंघको स्थापना सन् १९५१ मा श्यामाप्रसाद मुखर्जीले गरेका थिए । अटल विहारी वाजपेयी भारतीय जनता पार्टीको पहिलो अध्यक्ष बनेका थिए । अटल विहारी वाजपेयी र लालकृष्ण आडवाणीले भारतीय जनता पार्टीलाई सुदृढ पार्न महत्त्वपूर्ण भूमिका खेलेका छन् ।

चुनाव चिन्ह यस कारण कमलको फूल 

भाजपाको चुनाव चिन्ह कमलको फूल हो । भाजपाले कमलको फूललाई हिन्दु परम्परासँग सम्बन्धित भएको देख्दछ। १९८० मा बिजेपीको गठनपछि, पार्टीले १९८४ मा पहिलो आम चुनाव लड्यो । तब भाजपाले दुई सिट मात्र जित्यो ।

आरएसएस मातृसंस्था

राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) को स्थापना १९२५ मा भएको थियो । आरएसएसलाई भाजपाको मातृ सङ्गठन मानिन्छ । भाजपाका ठुला नेताहरू आरएसएससँग सम्बन्धित छन् ।

आडवाणीको त्यो रथयात्रा

सोमनाथदेखि अयोध्यासम्म आडवाणीको रथयात्रा भारतीय राजनीतिमा प्रमुख घटना हो । जब मण्डलको राजनीतिका कारण हिन्दुहरूबीच तीव्र मतभेद देखा पर्‍यो ।

आडवाणीले अयोध्या आन्दोलनको धार्मिक ध्रुवीकरणलाई सुदृढ बनाए । आडवाणीको भ्रमणका क्रममा साम्प्रदायिक दङ्गा पनि भएको थियो । तर, आडवाणीको भ्रमणलाई बीपी सिंहको मण्डल राजनीतिले ओझेलमा पारेको थियो ।

अनि, हार्‍यो कांग्रेस

१९८९ मा बिजेपी ८९ सिटमा पुगेको थियो । वीपी सिंहले भने कि जनता दलको भोट बिजेपीमा सर्‍यो । त्यसैले यसले धेरै सिट जित्यो । यद्यपि यस चुनावमा जनता दलले १४३ सिट पनि जित्यो । यस निर्वाचनमा सबै राजनीतिक दलहरू एकसाथ कांग्रेसको विरुद्ध लडेका थिए । यसमा राजीव गान्धी र कांग्रेसले ठुलो हार भोगेका थिए ।

बाबरी ध्वस्तको योजना

६ डिसेम्बर १९९२ मा बाबरी मस्जिद अयोध्यामा ध्वस्त पारियो । भाजपाका धेरै ठुला नेताहरू बाबरी मस्जिद ध्वस्तमा संलग्न भएको आरोप लगाइएको थियो । यसमा लालकृष्ण आडवाणी, मुरली मनोहर जोशी र उमा भारती रहेका छन् ।

लोकसभाको ठुलो दल

१९९६ को चुनावमा, बिजेपी लोकसभाको सबैभन्दा ठुलो पार्टीको रूपमा देखा प¥यो । तब भारतका राष्ट्रपतिले भाजपालाई सरकार गठन गर्न आमन्त्रित गरे । तर, भाजपा सरकार केही दिनमै पतन भयो । १९८९ मा, बिजेपीले आफ्ना सहयोगीहरू मिलेर केन्द्रमा सरकार गठन ग¥यो । अटल विहारी वाजपेयी प्रधानमन्त्री बने ।

अटल विहारीको ५ बर्ष

भाजपाले १९९९ मा फेरि राष्ट्रिय प्रजातान्त्रिक गठबन्धन गठन गरेर लोकसभा चुनाव लड्यो । यस गठबन्धनमा २० भन्दा बढी दलले भाग लिएका थिए । 

यो गठबन्धनले २९४ सिट जित्यो । यसमा भाजपाले १८२ सिट पाएको थियो । फेरि अटल विहारी वाजपेयी प्रधानमन्त्री बने र यस पटक उनले ५ वर्षको कार्यकाल पूरा गरे ।

एकल बहुमतको सरकार

२०१४ भाजपाका लागि सबैभन्दा महत्त्वपूर्ण वर्ष थियो । तत्कालीन गुजरातका मुख्यमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भाजपाले २८२ सिट जित्यो ।

यस पटक सरकार गठन गर्न भाजपालाई कुनै साझेदारको आवश्यकता परेन । मोदीले पहिलो पटक लोकसभाको चुनाव लडे र प्रधानमन्त्रीको कुर्सीमा पुगे । २०१९ को अर्को चुनावमा बिजेपीले फेरि सानदार जीत हासिल गर्याे । फेरि मोदी प्रधानमन्त्रीमा दोहोरिएका छन् ।

(बिबिसी हिन्दीबाट अनुवाद)


कस्तो लाग्यो ?

यो पनि