बैशाख १४, २०८१, शुक्रबार
               

भारतको राजधानी नयाँदिल्लीमा रात्रिकालीन कर्फ्यु लाग्ने

नेपाल फ्ल्यास
चैत २४, २०७७

ADVERTISEMENT

भारतको राजधानी दिल्लीमा रात्रिकालीन कर्फ्यु जारी गरिएको छ । कोरोना भाइरस संक्रमण रोकथामका भन्दै दिल्ली राज्य सरकारले मंगलबारदेखि लागू हुने गरी राति १० बजेदेखि बिहान ५ पाँचबजेसम्म लागि कर्फ्यु  लगाउने भएको हो । राजधानी नयाँ दिल्लीमा सो कर्फ्यु आगामी ३० अप्रिलसम्म कायम रहने बताइएको छ । 

विगत केही सातायता दिल्लीलगायत प्रमुख सहरहरुमा संक्रमण तीव्र बन्दै गएको छ । दिल्लीमा सोमबार मात्र तीन हजार ५४८ संक्रमित थपिएका थिए । र, १५ जनाको संक्रमणका कारण ज्यान गएको छ । शुक्रबार मात्र दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले तत्काल लकडाउन वा कर्फ्यु लगाउने योजना नरहेको बताएका थिए ।

पछिल्लो एक दिनमा मात्र भारतमा १ लाखभन्दा बढी नयाँ संक्रमित थपिएका छन् । आइतबार भने त्यो संख्या एक लाख तीन हजार ५५८ थियो । जुन कोरोना महामारी सुरु भएयताकै सबैभन्दा बढी हो । 

संक्रमणसँगै मृत्यु हुनेको संख्या पनि बढ्दो क्रममा छ । सोमबार मात्र कोरोनाका कारण थप ४६६ जनाको मृत्यु भएको छ । योसँगै संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ६५ हजार ५६७ पुगेको छ । संक्रमणबाट बढी मृत्यु हुनेको संख्याका हिसाबले भारत विश्वको पाँचौं स्थानमा छ । कुल संक्रमणबाट भने भारतको अमेरिकापछि दोस्रो स्थानमा छ ।


कस्तो लाग्यो ?

यो पनि