जेठ ०४, २०८१, शुक्रबार
               

अफगानिस्तानमा भएको छुट्टाछुट्टै आक्रमणमा १७ जना सैनिकको मृत्यु

नेपाल फ्ल्यास
चैत २४, २०७७

ADVERTISEMENT

काबुल । अफगानिस्तानका विभिन्न स्थानमा आइतबार राति भएका छुट्टाछुट्टै आक्रमणहरूमा १७ सैनिकको मृत्यु भएको स्थानीय युद्ध अनुगमन समूहले सोमबार जानकारी गराएको छ । मृत्यु हुने सैनिकमध्ये सबैभन्दा बढी दक्षिणी हेल्मन्ड प्रान्तमा रहेका छन् ।

उक्त प्रान्तमा रातभर भएका भिडन्तमा ११ सैनिक मारिएका र अन्य १३ सैनिकलाई आक्रमणकारी समूहले नियन्त्रणमा लिई लगेको बताइएको छ । सेनाले आक्रमणमा अफगानी तालिवान विद्रोही लडाकूको सम्लग्नता रहेको दावी गरेको छ ।

उक्त दिन तालिवान विद्रोहीले सेनाबाट खोसेर लगेको गाडीलाई प्रहरी कार्यालयमा विष्फोट गराउँदा कम्तीमा दुई प्रहरीको मृत्यु भएको आठ जना प्रहरी घाइते भएको बताइएको छ ।

सन् २००१ पहिले सत्ता चलाइसकेको तालिवान समूहले पछिल्लो केही महिनामा सरकारी सुरक्षाकर्मी र तालिवान समूहमा नलागेका सर्वसाधारणको हत्या गर्ने गरेका छन् ।


कस्तो लाग्यो ?

यो पनि