बैशाख २०, २०८१, बिहीबार
               

गर्भ तुहिएमा न्युजल्यान्डले तीन दिन बिदा दिने

नेपाल फ्ल्यास
चैत २३, २०७७

ADVERTISEMENT

न्युजल्यान्डमा गर्भ तुहिए तलबी बिदा दिनेसम्बन्धमा एक विधेयक पारित भएको छ । केही साताअघि न्युजल्याण्डको संसद्‌ले ‘बिरीभमन्ट लिभ फर मिसक्यारिज बिल’ लाई अनुमोदन गरेको हो । 

योसँगै न्युजल्यान्ड गर्भ तुहिँदा अथवा गर्भावस्थाको जुनसुकै चरणमा मृत बच्चा जन्मँदा दम्पतीलाई तीन दिन तलबी बिदा दिनेसम्बन्धी कानुन बनाउने न्युजिल्यान्ड पछिल्लो मुलुक हो । यसअघि निकारागुआ, पानामा, मरिसस र इन्डोनेसियाले गर्भावस्थाको कुनै पनि चरणमा गर्भ खेर जाँदा महिलालाई औपचारिक रूपमा तलबी बिदा दिने देश हुन् ।

यस्तै, भारतले गर्भ खेर गएको महिलालाई ६ हप्ता तलबी बिदाको व्यवास्था गरेको छ भने गर्भ तुहिएर जटिलताको सामना गर्ने वा स्वास्थ्य कमजोर भए थप बिदाको व्यवस्था गरेको छ।

महिला स्वास्थ्यसम्बन्धी कैयौँ विषयजस्तै गर्भ तुहिने समस्या देखिइरहने भए पनि त्यसबारे विश्वभरि निकै कम चर्चा हुने गर्छ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार प्रत्येक चारवटा गर्भमध्ये एउटा सामान्यतया गर्भधारणको २८ हप्तामा खेर जाने गर्छ र विश्वभरि करिब २६ लाख बच्चा मृतावस्थामा जन्मिने गर्छन्।


कस्तो लाग्यो ?

यो पनि