जेठ ०४, २०८१, शुक्रबार
               

जोर्डनका पूर्वयूवराजलाई नजरबन्दमा राखिएको दाबी

नेपाल फ्ल्यास
चैत २३, २०७७

ADVERTISEMENT

जोर्डन । जोर्डनका पूर्वयुवराजले आलोचकहरूलाई कारबाही गर्ने सिलसिलाको एउटा पाटोको रूपमा आफूलाई घरमै नजरबन्दमा राखिएको बताएका छन् । 

उनका वकिलद्वारा सार्वजनिक गरिएको एउटा भिडियोमा राजा अब्दुल्लाहका सौतेनी भाइ राजकुमार हम्जाह बिन हुसेनले देशका नेताहरूलाई भ्रष्ट्राचार, अक्षमता र दुर्वयवहारको आरोप लगाएका छन् ।

 उनको उक्त भनाइ एउटा सत्ता विद्रोहको आरोप लगाइएको योजनासँग जोडिएका कैयौँ उच्च तहका गिरफ्तारीपछि आएको हो । यसअघि त्यहाँको सेनाले राजकुमार हम्जाह नजरबन्दमा रहेको विषयलाई अस्वीकार गरेको थियो ।

तर, उसले राजकुमारलाई देशको ’सुरक्षा र स्थिरता’लाई असर पार्ने गरी लक्षित हुनसक्ने कदमहरू रोक्न आदेश दिइएको जनाएको छ । पछिल्ला घटनाक्रमअघि राजकुमार हम्जाहले आदिवासी समूहहरूका नेताहरूलाई भेटेका थिए । जहाँ उनले केही सहयोग सुनिश्चित गरेको बताइएको छ ।

यो पनि