जेठ ०४, २०८१, शुक्रबार
               

भारतको छत्तीसगढ राज्यमा नक्सालवादीको आक्रमणमा परी पाँच सुरक्षा कर्मीको मृत्यु

नेपाल फ्ल्यास
चैत २१, २०७७

ADVERTISEMENT

भारतको छत्तीसगढ राज्यको नक्साल प्रभावित बिजपुर जिल्लामा सुरक्षा र नक्सालवादीबीच मुढभेड हुँदा पाँच सुरक्षाकर्मीको मृत्यु भएको छ ।

त्यसैगरी दश जना  घाइते भएका छन् । मुठभेडमा केही नक्सालवादीको पनि मृत्यु भएको बताइए पनि कतिको मृत्यु भयो भनी यकिन नबताइएको छ । तर, हिन्दी बिबिसीले सुरक्षाकर्मी भन्दा नक्सालवादीतिर बढी क्षति भएको उल्लेख गरेको छ । 

बीबीसीले उल्लेख गरेअनुसार विजापुर जिल्लाका सिपाही नक्सलीहरूविरुद्ध संयुक्त रुपमा अभियान पछि फर्किँदै गर्दा उनीहरुमाथि आक्रमण भएको थियो । आक्रमणपछि नक्सालवादीहरु जंगलतिर छिरेका थिए ।

नक्सल अपरेशनका डिआइजी ओपी पॉलले सञ्चारकर्मीलाई दिएको जानकारी अनुसार आक्रमणमा १२ सैनिक गम्भीर घाइते भएका छन् । त्यसैगरी, उनलले एक महिला नक्सलीवादीको शव भेटिएको पनि बताएको छ ।


कस्तो लाग्यो ?

यो पनि