जेठ ०२, २०८१, बुधबार
               

मोदी बंगलादेश जाँदा किन भयो हिंसात्मक गतिविध

नेपाल फ्ल्यास
चैत १९, २०७७

ADVERTISEMENT

बंगलादेशले आफ्नो ५०औँ स्वतन्त्रता दिवसको अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई आमन्त्रण गरेको भन्दै भएको प्रदर्शनमाथि दमन हुँदा कम्तिमा १२ जनाले ज्यान गुमाएका छन् । 

हिन्दू राष्ट्रवादी भारतीय जनता पार्टी नेतृत्वको उनको सरकारले भारतमा मुस्लिम अल्पसंख्यकक समुदायविरोधी नीति लिएको र मुस्लिमविरुद्ध हुने हिंसा रोक्न पर्याप्त कदम नचालेको आरोप लगाउँदै बंगलादेशमा मोदीविरुद्ध प्रदर्शन हुँदा सो घटना भएको थियो । 

बंगलादेशको स्वतन्त्रता दिवसको अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुईदिने भ्रमणका बंगलादेश पुगेका थिए । 

बंगलादेशमा भारतीय प्रधानमन्त्री पुगेसँगै उनविरुद्ध इस्लामवादी समूह हिफाजत-ए-इस्लाम प्रदर्शनमा उत्रिएको थियो।


कस्तो लाग्यो ?

यो पनि