जेठ ०५, २०८१, शनिबार
               

म्यानमारमा प्रदर्शनकारीमाथि सैन्य दमन जारी

नेपाल फ्ल्यास
चैत १७, २०७७

ADVERTISEMENT

म्यानमारमा गरिएको विरोध प्रदर्शनमा हालसम्म पाँच सयभन्दा  बढी व्यक्तिको मृत्यु भएको छ। स्थानीय अनुगमन समूहका अनुसार  प्रजातन्त्रको पुनःस्थापना र आंग सान सुकीको रिहाइको माग गर्दै म्यानमारमा विगत कयौँ दिनदेखि दिनहुँजसो प्रदर्शन जारी हुँदै आएको छ । 

निशस्त्र प्रदर्शनकारीहरू द्वारा म्यानमारमा दैनिक जुलुसहरू निकाल्ने गरिएको छ। त्यस्ता जुलुसमा आँसु ग्याँसका साथै गोली प्रहार समेत गर्ने गरिएको छ।

राजनीतिक कैदीहरूका लागि सहयोग संस्था (एएपीपी) ले हालसम्म म्यानमारमा कूल ५ सय १० जना नागरिकको मृत्यु भएको पुष्टि गरेको छ।

म्यान्मारमा सैन्य सरकारले प्रजातन्त्रवादी प्रदर्शनकारीहरूमाथि दमन गरिरहेको छ। गत माघ १९ मा पक्राउ गरेपछि सैन्य सरकारले नेत्री आङ सान सूचीविरुद्ध विभिन्न अभियोग लगाएको थियो।

पटकपटक गरेर उनीविरुद्ध धेरै अभियोग र आरोपहरू लगाइएको छ। उनलाई कानुन उल्लङ्घन गरेको, सामाजिक अव्यवस्था उत्पन्न गराएको तथा भ्रष्टाचार गरेको आरोप छ।

तर, उनका समर्थकहरू ती आरोपहरू आधारहीन भएको दाबी गर्छन्। यसबारे बिबिसीले उनका वकिलबारे कुरा गरेको छ।


कस्तो लाग्यो ?

यो पनि