जेठ ०५, २०८१, शनिबार
               

इजिप्टमा भएको रेल दुर्घटनाप्रति चिनियाँ राष्ट्रपति सीद्वारा  दुःख व्यक्त

नेपाल फ्ल्यास
चैत १५, २०७७

ADVERTISEMENT

बेइजिङ । चिनियाँ राष्ट्रपति सी चिनफिङले शनिबार एक विज्ञप्ति जारी गरी इजिप्टमा शुक्रबार रेल दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । 

राष्ट्रपति सीले इजिप्टका राष्ट्रपति अब्देल फताह अलसीसीलाई पठाएको शोक सन्देशमा भनिएको छ, ‘चीन सरकार र चिनियाँ जनताको तर्फबाट सो दुर्घटनामा परी मर्नेहरुप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै मृतकका आफन्त र घाइतेहरुप्रति गहिरो समवेदना व्यक्त गर्दछु ।’

इजिप्टमा शुक्रबार भएको रेलमा कम्तीमा इजिप्टमा शुक्रबार भएको रेल दुर्घटनामा परी ३२ जनाको मृत्यु भएको थियो । घटनामा परी अन्य ६६ जना घाइते भएको स्वास्थ्य मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ । सबै घाइतेजनको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको छ । 

लुक्सोरबाट अलेक्सान्ड्रया तर्फ जाँदै गरेको र कायरोबाट अस्वान तर्फ जादै गरेको रेल एक आपसमा ठोक्किँदा उक्त दुर्घटना भएको हो । 
देशको दक्षिणी क्षेत्रमा पर्ने सोहाग प्रदेश राजधानी कायरोदेखि ४७६ किलोमिटर टाढा पर्दछ । घटनाका बारेमा अनुसन्धान गर्न सरकारले प्राविधिक समिति बनाएको मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।

यो पनि