जेठ ०५, २०८१, शनिबार
               

म्यानमारमा सेनाको गोली लागेर ११४ जनाको मृत्यु

नेपाल फ्ल्यास
चैत १५, २०७७

ADVERTISEMENT

काठमाडौं । म्यानमारमा सेनाको गोली लागेर एकैदिन ११४ जना सुरक्षाकर्मीकोको मृत्यु भएको छ । म्यानमारमा सेनाका बिपक्षी नेतृ आङ सान सुकीसहितका नेताहरुको रिहाइको माग गर्दै प्रदर्शनमा उत्रिएका नागरिकमाथि सेनाले गोली प्रहार गर्दा ११४ जनाको मृत्यु गएको हो ।  

शनिबार सेना दिवसकै दिन सेनाले चलाएको गोली लागेर बच्चासहित ११४ जना मारिएको सिएनएनले जनाएको छ । म्यानमारको सेनाको यो कदमप्रति अमेरिका, बेलायत र युरोपियन युनियनका अधिकारीहरुले निन्दा गरेका छन् ।

बेलायतका राजदूत डान चगले विज्ञप्ति निकालेर निर्दोष नागरिकमाथि गोली चलाएर म्यानमारको सेनाले आफ्नो प्रतिष्ठा गुमाएको भन्दै विरोध गरेका छन् ।

गत फेब्रुअरी १ मा सेनाले सत्ता हातमा लिए यता  म्यानमारमा सेना विरोधी प्रदर्शनका क्रममा अहिलेसम्म ४ सयभन्दा धेरै प्रदर्शनकारीहरुको मृत्यु भइसकेको छ । प्रदर्शनकारीमाथि गोली चल्दै गर्दा सेना दिवसको अवसरमा म्यानमारका सैनिक प्रमुख जनरत मिन आङ लाइङले प्रजातन्त्र सुरक्षित रुपमा पुनःस्थापित गर्ने प्रतिबद्धता जनाएका छन् ।

यो पनि