जेठ ०५, २०८१, शनिबार
               

भारतीय प्रधानमन्त्री मोदी बङ्गलादेशमा

नेपाल फ्ल्यास
चैत १४, २०७७

ADVERTISEMENT

एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी औपचारिक भ्रमणका लागि शुक्रबार बङ्गलादेश पुगेका छन् । बङ्लादेशको ५०औँ स्वतन्त्रता दिवसको अवसरमा आयोजित विषेश समारोहमा सहभागी हुन उनी बङ्गलादेश पुगेका हुन् । 

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण फैलिएपछिको उनको यो पहिलो वैदेशिक भ्रमण भएको जनाइएको छ । उनलाई बङ्गलादेशकी समकक्षी शेख हसिनाले विमानस्थलमा स्वागत गरेकी थिइन् । 

प्रधानमन्त्री मोदीले बङ्गलादेशमा आयोजित विभिन्न कार्यक्रममा सहभागी हुनुका साथै उच्चस्तरीय भेटघाट पनि गरेका छन् । उनको भ्रमणले दुई देशबीचमा सम्वन्धलाई थप बलियो बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ भने केही नयाँ सहकार्य र समझदारी पनि हुने जनाइएको छ ।

यो पनि