जेठ ०५, २०८१, शनिबार
               

भारतीय राष्ट्रपति अस्पताल भर्ना

नेपाल फ्ल्यास
चैत १३, २०७७

ADVERTISEMENT

भारतका राष्ट्रपति रामनाथ कोविन्द शुक्रबार अस्पताल भर्ना भएका छन्। छातीमा सामान्य समस्या महसुस गरेपछि उनलाई नयाँ दिल्लीस्थित सैनिक अस्पताल भर्ना गरिएको अधिकारीहरुले जानकारी दिएका छन्।

अस्पतालले उनको अवस्था सामान्य र स्थिर नै रहेको जनाएको छ। “राष्ट्रपति कोविन्द अस्पताल आउनु भयो, उहाँले आज विहान छातीमा असजिलो महसुस गरेपछि उहाँलाई अस्पताल ल्याइएको हो,” अस्पतालद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।   

राष्ट्रपति कोविन्द अझै पनि चिकित्सकहरुको निगरानीमै रहेका अस्पतालले जनाएको छ। प्रधानमन्त्री नरेन्द्र मोदी औपचारिक भ्रमणका लागि बङ्लादेश गएकै दिन राष्ट्रपति कोविन्द अस्पताल भर्ना भएका हुन् ।  

विदेश भ्रमणमा रहेपनि प्रधानमन्त्री मोदीले राष्ट्रपतिको स्वास्थ्य अवस्थाका बारेमा चासो राखेका थिए। उनले राष्ट्रपतिका छोरासँग उनको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका थिए।
 
प्रधानमन्त्री मोदीले राष्ट्रपतिका छोरासँग उनको अवस्थाका बारेमा कुराकानी गर्नु भएको प्रधानमन्त्री कार्यालयले पनि पुष्टि गरेको छ।रासस


कस्तो लाग्यो ?

यो पनि