जेठ ०५, २०८१, शनिबार
               

इजरायलमा नेतन्याहुले गठबन्धन सरकार बनाउने अनुमान

नेपाल फ्ल्यास
चैत १३, २०७७

ADVERTISEMENT

जेरुसेलम । इजरायलमा भएको निर्वाचनको मतगणना सुरु भई बिहीबार यो समाचार लेख्दासम्म ९० प्रतिशत मत गणना भएको निर्वाचन अधिकारीहरुले जानकारी दिएका छन् । 

संसदको कुल १२० सिटका लागि भएको निर्वाचनमा पछिल्लो दुई बर्षमा इजरायलमा अहिले चौथो पटक निर्वाचन भएको हो । राजनीतिक अस्थिरताका कारण पटक पटक निर्वाचन गर्नु परेपनि अव भने पुरा कार्यकाल संसद चल्ने विश्वास मतदाताले गरेका छन् । 

अहिलेसम्मको गणना अनुसार प्रधानमन्त्री बेन्जामिन नेतान्याहुँको पार्टीले ५२ प्रतिशत सिटमा जित हासिल गर्ने अनुमान गरिएको छ । उनलाई बहुमत पुर्याउन अरु ९ सिट आवश्यक पर्दछ । त्यसैगरी उनको प्रतिस्पर्धी अर्को गठबन्धनले भने ५७ सिट सफलता प्राप्त गर्ने विश्लेषण गरिएको अधिकारीहरूले जनाएका छन् । 

त्यसैगरी यसपहिले लिकुड पार्टीको सहयोगीसमेत रहेको यमिना समूहले ७ सिट जित्ने अनुमान गरिएको छ भने त्यसले नेतान्याहुँसँग गठबन्धन गर्ने अपेक्षा गरिएको छ । निर्वाचनको अन्तिम नतिजा भने शुक्रबार सार्वजनिक हुने प्रबल सम्भावना रहेको निर्वाचन आयोगका अधिकारीहरूले बताएका छन् । 


कस्तो लाग्यो ?

यो पनि