बैशाख २३, २०८१, आइतबार
               

उत्तर कोरियाद्वारा २ वटा क्षेप्यास्त्र परीक्षण

नेपाल फ्ल्यास
चैत १२, २०७७

ADVERTISEMENT

उत्तर कोरियाले दुई वटा ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको अमेरिकाले दाबी गरेको छ । जापानी समुद्रतर्फ क्षेप्यास्त्र परीक्षण गरेको जापान र अमेरिकाले दाबी गरेका हुन् ।

संयुक्त राष्ट्रसंघीय सुरक्षापरिषदले प्योङ्गयाङ्गलाई ब्यालेष्टिक क्षेप्यास्त्र परीक्षणमा प्रतिबन्ध लगाएको छ । जापानले आफ्नो क्षेत्रमा भग्नावशेष भने बाँकी नरहेको जनाएको छ । केही दिन अघि मात्रै उत्तर कोरियाले दुई वटा सानो क्षमताको क्षेप्यास्त्र परीक्षण गरेको थियो ।

जापानका प्रधानमन्त्री योसिहिदे सुगाले परीक्षणका कारण क्षेत्रीय शान्ति र सुरक्षामा खतरा उत्पन्न भएको बताउनुभएको छ । अमेरिकि राष्ट्रपति जो बाइडन प्रशासनले प्योङ्गयाङ्गसँग सम्पर्क स्थापित गर्ने प्रयास गरिरहँदा क्षेप्यास्त्र परीक्षण गरिएको हो ।


कस्तो लाग्यो ?

यो पनि