जेठ ०५, २०८१, शनिबार
               

रोहिंगा शरणार्थी क्याम्पमा आगलागी हुँदा चार सयभन्दा बढी बेपत्ता

नेपाल फ्ल्यास
चैत ११, २०७७

ADVERTISEMENT

काठमाडौं ।बंगलादेशको कक्सबजारस्थित रोहिंगा शरणार्थी क्याम्पमा भएको भीषण आगलागीमा परी कम्तिमा १५ जनाको मृत्यु भएको छ ।

संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्च आयोग(युएनएचसिआर)का अनुसार सोमाबार आगलागी भएको रोहिंग्या शरणार्थी क्यम्पमा भएको आगलागीमा परी चार सयभन्दा बढी हराइरहेको छन् । ‘आगलागीबाट झन्डै ५० हजार शरणार्थी विस्थापित भएका छन्,’आयोगले भनेको छ । 

बंगलादेशको कक्स बजार जिल्लामा मात्रै करिब १० लाख शरणार्थी रहेका छन् । म्यानमारमा सेनाले रोहिंगा समुदायमाथि दमन गरेपछि छिमेकी मुलुक बंगलादेशको कक्सबजार क्षेत्रमा उनीहरु शरण लिन पुगेका थिए । 


कस्तो लाग्यो ?

यो पनि