जेठ ०५, २०८१, शनिबार
               

अमेरिकामा गोली चल्दा कम्तीमा १० जनाको मृत्यु

नेपाल फ्ल्यास
चैत १०, २०७७

ADVERTISEMENT

अमेरिकाको कोलोराडो राज्यको बोल्डर सहरमा अन्धाधुन्ध गोली चल्दा कम्तीमा १० जनाकार् ज्यान गएकाे छ । समाचारमा उल्लेख गरिए अनुसार मृत्यु हुनेमा प्रहरीसमेत छन् ।

अन्तर्राष्ट्रिय समाचार संस्थाहरुका अनुसार बोल्डरमा रहेको एउठा सुपरमार्केटमा स्थानीय समयअनुसार सोमबार दिउँसो गोली चलेको हो । गोली चलाएको आरोपमा एक जना संदिग्ध व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

समाचार संस्था सीएनएनका अनुसार बोल्डर प्रहरी प्रमुख म्यारिस हेरोल्डले प्रहरी अधिकृत एरिक टेलीको पनि गोली लागि मृत्यु भएको छ । प्रहरीले उक्त घटनाको पछाडि कसको हात छ भन्नेबारे अनुसन्धान सुरु गरिएको बताएको छ । स्थानीय मिडियामा देखाइएको भिडियोमा प्रहरीले एक जना व्यक्तिलाई हतकडी लगाएर सुपरमार्केटबाट बाहिर लगिरहेको दृश्य देखिन्छ ।

प्रहरीले ती व्यक्तिलाई स्ट्रेचरमा राखेर एम्बुलेन्समा लगेको थियो । प्रहरीले हिरासतमा लिएको व्यक्ति तीनै भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । उक्त भिडियोमा ती व्यक्तिको खुट्टाबाट रगत बगिरहेको देखिन्छ ।

यो पनि