जेठ ०५, २०८१, शनिबार
               

बंगलादेशमा भारतीय प्रधानमन्त्री मोदीको विरोध गर्नेलाई पक्राउ गर्दै प्रहरी

नेपाल फ्ल्यास
चैत ०९, २०७७

ADVERTISEMENT

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भ्रमण गर्न लागेपछि बंगलादेशमा चर्को विरोध भइरहेको छ । प्रधानमन्त्री मोदीले बंगलादेश भ्रमणमा आगामी मार्च २६ जाँदै छन् । भ्रमण सुरु हुनुभन्दा अघि नै बंगाली जनताहरूले मोदीको विरोध गर्न थालेका हुन् ।

बंगलादेशका विदेशमन्त्री एके अब्दुल मोमेनले भने मानिसहरूको एक समूहले मात्रै मोदीको विरोध गरेकाले चिन्तित हुनुपर्ने कारण नरहेको दाबी गरेका छन् । बंगलादेश सरकार स्वतन्त्रता दिवसका दिन (मार्च २६ मा) प्रमुख अतिथिका रुपमा मोदीलाई निमन्त्रणा गरेको हो । 

तर, बंगाली जनताले भने मोदीविरुद्ध त्यहाँ चर्को प्रदर्शन गरिरहेका छन् । मोदीविरुद्धको विरोध नथामिने देखिएपछि त्यहाँको प्रहरीले विरोध गर्नेलाई पक्राउ गर्न सुरु गरेकाे  छ । 

सामाजिक सञ्जालमार्फत मोदीको विरोध गरेका एक युवामाथि त्यहाँको प्रहरीले डिजिटल सुरक्षा ऐनअन्तर्गत मुद्दा चलाएको छ । उत्तर पश्चिम बंगलादेशको ठाकुरगाउँ जिल्ला प्रहरीले ती युवालाई शनिबार पक्राउ गरेको थियो । – बीबीसी

यो पनि