बैशाख १७, २०८१, सोमबार
               

बाइडेन र पुटिनबीच आरोपप्रत्यारो

नेपाल फ्ल्यास
चैत ०६, २०७७

ADVERTISEMENT

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले समकक्षी अमेरिकी राष्ट्रपति जो बाइडनको टिप्पणीको जवाफ दिएका छन् । 

बाइडनले एबीसी न्यूजसँगको एउटा अन्तर्वार्तामा सन् २०२० को अमेरिकी निर्वाचनमा रुसले दिएको भनिएको हस्तक्षेपको पुटिनले मूल्य तिर्नुपर्ने बताएका थिए । सोको प्रत्युत्तर पुटिनले एक टेलिभिजनमार्फत् फर्काएका हुन् ।

सो क्रममा पुटिनले आफूसँग खुला रूपमा कुरा गर्न चेतावनी दिँदै त्यस्तो जान्नका लागि आफू त्यस्तै हुनुपर्छ भनेका छन्। अमेरिकी राष्ट्रपतिले पुटिनलाई आफूले 'हत्यारा' को संज्ञा दिँदै पुटिनले आफ्ना सुरक्षा निकायहरूले विपक्षी नेता एलेस्की नभाल्नीलाई मार्ने प्रयास गरेको आरोप लगाएका थिए । उनले सो आरोप अस्वीकार गरेका छन्।

बाइडनका आरोपहरू अस्वीकार गर्न पुटिनले विद्यालयका बालबालिकाले खेलका बेला प्रयोग गर्ने भनाइको सहारा लिए।उनले भने, ‘बाल्यावस्थामा हामी खेल मैदानमा बहस गर्दा भन्ने गरेको सम्झन्छु- त्यस्तो जान्नका लागि आफू त्यस्तै हुनुपर्छ।’

‘अनि त्यो संयोग होइन, ठट्टा वा बालबालिकाले भन्ने कुरा मात्र पनि होइन। त्यसको गहिरो मनोवैज्ञानिक अर्थ छ। हामीले सधैँ आफ्ना लक्षण अरूमा देख्छौँ र उनीहरू आफूजस्तै ठान्छौँ। फलस्वरूप उसका कामको समीक्षा गर्दै आकलनहरू गर्छौँ।’

पुटिनले अमेरिकालाई अमेरिकीहरूविरुद्ध नरसंहार गरेको र दोस्रो विश्वयुद्धमा हिरोसिमा र नागासाकीमा आणविक बम खसालेर नागरिकहरूको हत्या गरेको आरोप लगाए।


कस्तो लाग्यो ?

यो पनि