जेठ ०५, २०८१, शनिबार
               

मोजाम्बिकमा कट्टरपन्थी समूहद्वारा बालबालिकाको घाँटी रेटेर हत्या

नेपाल फ्ल्यास
चैत ०४, २०७७

ADVERTISEMENT

लण्डन । मोजाम्बिकको उत्तरी प्रान्त काबो डेलगाडोमा मुसलमान कट्टरपन्थी विद्रोही (स्लामिक स्टेट) समूहले बालबालिकाको पनि घाँटी रेटेर हत्या गरिरहेको सेभ द चिल्ड्रनले मङ्गलबार जानकारी गराएको हो । 

एक महिलाले सेभ द चिल्ड्रनलाई आफ्नो १२ वर्षीय छोराको हत्या भएको बताइन् । साथै, उनले पछिल्लो समय बालबालिकाको हत्या गरी स्थानीयहरूलाई तर्साउने गरेको पनि बताइन् । उनले अन्य तीन छोराछोरीसँग लुकेर बसेको स्थानबाट आफ्नो एक छोराको हत्या भएको हेर्नुपरेको बताएकी छन् । 

पीडित महिलाले भनिन्, ‘त्यो रात हाम्रो गाउमा विद्रोही समूहले आक्रमण गर्यो, हामी भागेर जङ्गलतिर जाँदै गर्दा उनीहरूले मेरो जेठो छोरालाई नियन्त्रणमा लिए र क्रुरतासाथ हत्या गरे ।’ 

सन् २०१७ मा विद्रोही गतिविधि सुरु भएयता त्यहाँ दुई हजारभन्दा बढी व्यक्ति मारिएको र छ लाख ७० हजारभन्दा बढी मानिस त्यहाँबाट भागेको बताइएको छ ।

विद्रोही समूह इस्लामिक स्टेट (आईएस) सँग सम्बन्ध राख्ने बताइएको छ । पीडित एक अर्की महिलाले आफ्नो ११ वर्षीय छोरा मारिएको बताइन् । सेभ द चिल्ड्रनले त्यहाँबाट भागेर आएका व्यक्तिहरूले दिएको विवरणका आधारमा आफ्नो नयाँ प्रतिवेदन सार्वजनिक गरेको हो ।

यो पनि