जेठ ०४, २०८१, शुक्रबार
               

लिबियाका नयाँ नियुक्त प्रधानमन्त्रीले सम्हाले कार्यभार

नेपाल फ्ल्यास
चैत ०३, २०७७

ADVERTISEMENT

तोब्रुक । लिबियाका नव नियुक्त अन्तरिम प्रधानमन्त्री अब्दुल हमिद डिबैबाहले सोमबारदेखि कार्यभार सम्हालेका छन् । आगामी डिसेम्बरमा निर्वाचन गर्ने मुल कार्यभारका साथ अन्तरिम प्रधानमन्त्री बनाइनु भएका डिबैबाहले सपथ ग्रहण पनि सोमबार नै गरेका थिए । 

उत्तर अफ्रिकी मुलुक लिबियामा तत्कालिन तानाशाही शासक मोहम्मद गद्धाफीको हत्या भएपछि शक्तिमा जाने होडले मुलुक थप संकटमा फसेको छ । मुुलुकको संकट समाधानका लागि संयुक्त राष्ट्रसंघले पहल गरिरहेको छ भने सत्ता पक्ष र विद्रोही पक्षका बीचमा शान्ति सम्झौता गराउने प्रयास भइरहेको छ । 

त्यही प्रयासको नतिजा स्वरुप अन्तरिम सरकार गठन भएको हो । त्यसका लागि तीन सदस्यीय अध्यक्ष परिषद् समेत गठन भएको छ । सोमबार उनीहरु सवैले सपथ ग्रहण गरेका छन् । 

यो घटनालाई धेरैले सकारात्मक र ऐतिहासिक भनेर टिप्पणी गरेका छन् । यसले मुलुकलाई सही गन्तव्यतर्फ लाने अपेक्षा पनि गरिएको छ । डिबैबाहले उनको मन्त्रीपरिषद्लाई संसदले गत हप्ता अनुमोदन गरेपछि मात्रै सोमबार सपथ ग्रहण गर्दै कार्यभार सम्हालेका हुन् । 

उनको मन्त्रीपरिषद्मा दुई जना उपप्रधानमन्त्री, २६ जना मन्त्री र ६ जना राज्य मन्त्री छन् । ती मध्ये पाँच जना महिला छन् । सपथ ग्रहणपछि प्रधानमन्त्री डिबैबाहले मुलुक अव एक भएको र अव सकारात्मक नतिजा आउने विश्वास दिलाएका थिए । 


कस्तो लाग्यो ?

यो पनि