जेठ ०५, २०८१, शनिबार
               

अचम्मका क्याफे : टेबलमै रकून र सर्फ बेरिन आइपुग्छ

नेपाल फ्ल्यास
चैत ०१, २०७७

ADVERTISEMENT

शाङ्घाई । तपाइँलाई क्याफे भन्नेवित्तिकै दिमागमा कस्तो चित्र आउँछ ? स्वाभाविक रुपमा क्याफेमा थरिथरिका कफी, चिया र हल्काफुल्का खानेकुरा राखिएका हुन्छन् । तर चीनको ठूलो सहर शाङ्घाईमा कतिपय क्याफे भिन्न किसिमका छन्, र तिनीहरूको संख्या बढ्दैछ भने तिनीहरूले बढीभन्दा बढी ग्राहकलाई आकर्षित गर्न थालेको छ ।

के तपाईंले लाट्टे कफी पिउँदै गर्दा रकून (बिरालोजस्तो स्तनपायी जङ्गली जनावर) को बच्चा टुप्लुक्क देखा पर्ला ? अथवा कापुचिनो कफी पिउँदै गर्दा सर्प बेरिन आइपुग्ला ? कुकुर वा बिराला पालिएका क्याफेका कुरा त बिर्सौं, शाङ्घाईका जीवजन्तु क्याफेमा आजभोलि अझ नयाँ अनौठा जङ्गली जीवजन्तु धेरै नै देखिन थालेका छन् ।

विभिन्न जीवजन्तुलाई हेर्दै, छुँदै कफी पिउने पागलपन यहाँका नागरिकमा अझै छ । जङ्गली जीवजन्तुबाट मानिसमा घातक कोरोनाभाइरस सरेको कुरा यहाँ भेला हुने मानिसले अचेल बेवास्ता गर्न थालेको प्रतीत हुन्छ ।

चीनको सर्वाधिक ठूलो सहर शाङ्घाईमा अहिले दर्जनौं यस्ता जीवजन्तु राखिएका क्याफे खुलेका छन् । यी क्याफेमा भेला हुने मानिसले जीवजन्तुसँग फोटो खिच्ने र सामाजिक सञ्जालमा पोष्ट गर्ने गरेका छन् ।

मध्य शाङ्घाईमा रहेको रकून क्याफेमा आठ वटा स्तनपायी रकून राखिएको छ । सबैभन्दा ठूलो रकूनको तौल करिब १० किलो छ । ग्राहकले चलाउन वा छुन खोजे यो जीव झ्यालको तलमाथि उफ्रिरहन्छ ।

“मलाई यो जीव अति राम्रो लाग्छ,” २७ वर्षीय भलिबल खेलाडी क्विन सियू भन्छन् । साथीले सामाजिक सञ्जालमा राखेको फोटो हेरेर आफूले क्याफेका बारेमा चाल पाएको उनले बताए ।

ग्राहकले यस क्याफेभित्र छिर्न प्रवेश शुल्कबापत १५ डलर तिर्नुपर्छ तर यो ठाउँ क्याफे नै हो भन्ने विषयमा बहस हुन थालेको छ । रकूनको व्यवहार अनुमान लगाउन सकिँदैन । तातो कफी पिइरहँदा रकूनले एक्कासी झम्टिएर तर्साउन सक्छ । फेरि, यी क्याफेमा मानिसका लागि खानेकुरा पनि खासै धेरै किसिमको पाइन्न ।

क्याफेका सञ्चालक चेङ चेन गत वर्ष आफ्नो क्याफेमा रकून ल्याउँदा त्यसको व्यवहारका बारेमा खासै थाहा नपाएको बताउछन्  । उनी भन्छन्, यो मेरो पहिलो अनुभव थियो । यी रकूनहरू निकै रिसाहा पनि हुन्छन्, उनी भन्छन्, “मेरो जिउमा यसले चिथोरेर धेरै ठाउँमा दाग बनाइदिएको छ ।”

शाङ्घाईकै अर्को क्याफेमा सर्पहरू, छेपाराहरू र रङ्गीचङ्गी माउसुलीले ग्राहकलाई खुशी तुल्याउन प्रतिक्षा गरिरहेका छन् । यस क्याफेका सञ्चालक वाङ लिक्वुनको यस क्याफेमा ३० वटा सर्प छन् । यी सर्पहरूमा विष हुँदैन, तर यिनीहरूले मानिसलाई टोक्न सक्छन् । वाङको भनाइमा आजसम्म कुनै पनि ग्राहकलाई यी सर्पले डसेका छैनन् ।

टाङ नाम गरेकी एक ग्राहकले क्याफेले मानिसलाई आफूमा रहेको डर भगाउन मद्दत गरेको बताइन् । २७ वर्षीया ती ग्राहकले भनिन्, “यहाँ आएपछि मानिसले आफ्नो सोचाईमा परिवर्तन पाउन सक्छन् र सरिसृप प्रजातिका जीवजन्तु साँच्चिकै मायालाग्दा हुँदा रहेछन् ।”

तर विश्व जीव संरक्षणसँग आवद्ध वैज्ञानिक इभान सनले यी क्याफेप्रति आफूलाई निकै शंका लागेको बताए, “यी क्याफेमा जीवजन्तुको अवस्था निकै दयनीय हुने गर्दछ, र तिनीहरूले भयानक पीडा र दबाब महशुस गरेका हुन्छन् ।”


कस्तो लाग्यो ?

यो पनि