जेठ ०५, २०८१, शनिबार
               

भारतमा सडक दुर्घटना हुँदा ९ जनाको मृत्यु

नेपाल फ्ल्यास
फागुन २७, २०७७

ADVERTISEMENT

भारतकाे उत्तर प्रदेशमा दुर्घटना हुँदा ९ जनाले ज्यान गुमाएका छन्  । उत्तरप्रदेशको आगरामा बिहीबार स्कार्पियो जीप र कन्टेनर एकआपसमा ठोक्किँदा नौ जनाको मृत्यु भएको हो ।

स्कार्पियो बिहारको गयाबाट दिल्ली जाँदै थियो । दुर्घटना आगराको एत्माद्दौला क्षेत्रमा भएको हो । दुर्घटनामा ज्यान गुमाउनेमध्ये सात जना बिहारका र दुई जना झारखण्डका रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

जिप पूर्णरुपमा क्षतिग्रस्त भएको छ । जीपको बाहिरी भाग काटेर करिब एक घण्टाको प्रयासमा शव तथा घाइतेहरुलाई बाहिर निकालिएको थियो । 


कस्तो लाग्यो ?

यो पनि