बैशाख २३, २०८१, आइतबार
               

पश्चिम बंगालकी मुख्यमन्त्री बनर्जी गम्भीर घाइते

नेपाल फ्ल्यास
फागुन २७, २०७७

ADVERTISEMENT

पश्चिमभारत बंगालकी मुख्यमन्त्री ममता बनर्जी गम्भीर घाइते भएकी छिन् । 

पूर्वी मिदनापुर जिल्लाको नन्दीग्राममा उनीमाथि केही युवाहरुले गरेको आक्रमण परी उनी घाइते भएकी हुन् । 

उपचारमा संलग्न चिकित्सकहरुका अनुसार उनका खुट्टा, काँध र घाँटीको हाडमा चोट लागेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार पूर्वीमिदनापुर जिल्लाको नन्दीग्राममा उनीमाथि केही युवाहरुले धक्का दिँदै आक्रमण गरेका थिए । 

राज्य सरकारले उनको उपचारका लागि पाँच सदस्यीय चिकित्सकको टोली गठन गरेको छ । ४८ घण्टासम्म बनर्जी चिकित्सकहरुको निगरानीमा रहने बताइएको छ ।

आक्रमणपछि उनले श्वास फेर्न गाह्रो महसुस भएको र छाती दुखेको बताइरहेकी छन् । सत्तारुढ तृणमुल कांग्रेस पार्टीले नन्दीग्रामबाट आउँदो विधानसभाको निर्वाचनका लागि नोमिनेसन गरेपछि बुधबार साँझ करिब ६ बजेतिर यो घटना भएको हो । 

बनर्जी भारतीय जनता पार्टीका लिडर सुबेन्धु अधिकारीविरुद्ध छन् । जेटप्लस सुरक्षा पाएकी बनर्जीले आफुमाथि चारपाँच जनाले आक्रमण गरेको र सो अवस्थामा त्यहाँ स्थानीय प्रहरी एवं अन्य कुनै अधिकारी समेत नरहेको आरोप लगाएकी छन् ।


कस्तो लाग्यो ?

यो पनि