बैशाख २३, २०८१, आइतबार
               

भारतको पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीमाथि सांघातिक आक्रमण

नेपाल फ्ल्यास
फागुन २७, २०७७

ADVERTISEMENT

एजेन्सी । भारतको पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीमाथि आक्रमण भएको छ । भारतीय सञ्चार माध्यमले दिएको प्राप्त जानकारी अनुसार मुख्यमन्त्री बनर्जीमाथि आगामी विधानसभा चुनावका लागि नन्दीग्राममा नाम दर्ता गरेर फर्किँदै गर्दा आक्रमण भएको हो ।

आक्रमणबाट पीडित मुख्यमन्त्री बनर्जीले आफूसँग सुरक्षागार्ड नभएको समयमा ४–५ जनाले आक्रमण गरेको बताएकी छन् । उनले आफू मन्दिरबाट फर्किएर कारमा जाँदै गरेको समयमा ४–५ जनाले धक्का दिएको र आफूलाई चोट लागेको बताइन् ।

उनले आफूमाथि षड्यन्त्रपूर्वक आक्रमण भएको दाबी गरेकी छन् । पश्चिम बंगालमा आगामी २७ मार्चमा विधानसभा चुनाव हुँदैछ । ‘यो एक षड्यन्त्र हो, यो समयमा प्रशासनका कोही पनि व्यक्ति मेरो सुरक्षाका लागि आएका थिएनन्, वास्तावमा मलाई उनीहरु चोट पुर्‍याउन आएका थिए’, उनले भनिन् ।

बनर्जी घाइते भएपछि अस्पताल भर्ना गरिएको बताइएको छ । एसएसकेएम अस्पतालका डाक्टर एम बन्दोपाध्याका अनुसार बनर्जीको बाँया खुट्टाको गोलीगाँठोमा गहिरो चोट लागेको छ भने घाँटीमा पनि चोटको लागेको छ ।

यो पनि