बैशाख २३, २०८१, आइतबार
               

इजरायली प्रधानमन्त्रीले आज पहिलो पटक यूएईको औपचारिक भ्रमण गर्दै

नेपाल फ्ल्यास
फागुन २७, २०७७

ADVERTISEMENT

जेरुसेलम । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुँले पहिलो पटक युनाइटेड अरब इमिरेट्स (यूएई) को औपचारिक भ्रमण गर्ने भएका छन् । दुई देशका बीचमा आपसी सम्बन्धलाई सुधार गर्दै अगाडि बढ्ने सहमती भएकाले बिहीबार (आज) उनले यूएईको भ्रमण गर्ने भएका हुन् । 

नेतान्याहुका एक जना उच्च सरकारी अधिकारीले उनको भ्रमण निश्चित भएको जानकारी दिएको स्थानीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । उनले यसअघि नै यूएईसँगै बहराइनको भ्रमण गर्ने कार्यतालिका सार्वजनिक भएको थियो ।

तर, कोरोना भाइरसको महामारी फैलिँदै गएपछि इजरायलमा लकडाउन कायमै रहेको र विमान सेवासमेत बन्द भएकाले उनले त्यतिबेलाको भ्रमण स्थगित गरेका थिए ।

‘यूएईका राजा र युवराजको मैत्रीपूर्ण निमन्त्रणालाई प्रधानमन्त्री नेतान्याहुले स्वीकार गर्दै भ्रमणमा जान लाग्नुभएको हो, भ्रमण दुई देशबीचको सम्बन्धका लागि महत्वपूर्ण हुने अपेक्षा पनि गरिएको छ,’ नेतान्याहुको कार्यालयका एक उच्च अधिकारीले भनेका छन् । 

सन् २००९ देखि लगातार इजरायली राजनीतिको केन्द्रमा रहेका नेतान्याहुको भ्रमणलाई विश्वभरीबाट महत्व र चासोका साथ हेरिएको छ । भ्रमणका क्रममा उनले यूएईका नेता शेख मोहम्मद बिन जायद अल नाह्यानलाई अबुधाबी विमानस्थलमा भेट्ने छन् ।

उनले जेरुसेलममा फर्केपछि हङ्गेरीका प्रधानमन्त्री भिक्टर अर्बानसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । 

यो पनि